सिद्धार्थ बैंकको भिसा कार्डमा नगद फिर्ता योजना |
काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो भिसा कार्ड वाहक ग्राहकहरुलाई लक्ष्य गरी नगद फिर्ता योजना सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत पहिलो पटक ५०० वा सो भन्दा बढी रकमको अनलाइन कारोबार गर्दा ग्राहकहरुले १०० नगद क्यास ब्याक पाउने छन् ।
अनलाइन कारोबारहरुलाई अझ बढी सुरक्षित बनाउन, बैंकले जारी गरेका इन्टरनेशनल प्रिपेड कार्ड, डेबिट र क्रेडिट कार्डहरु भेरिफाइड बाई भिसा नामक २ फ्याक्टर अथेन्टिकेशन प्रणालीमा प्रयोग गर्न सकिन्छ ।
यसरी अनलाइन कारोबार गर्दा, ग्राहकहरुको रजिष्टर्ड मोबाईल तथा इमेल आईडीमा वान टाइम पासवोर्ड आउँछ र उक्त पासवर्ड भेरिफाइ भएपछि मात्र कारोबार सफल हुन्छ ।
इन्टरनेशनल प्रिपेड कार्ड प्रयोग गरी ग्राहकहरुले भारतिय मुद्रा बाहेक जुनसुकै मुद्रामा पनि अनलाइन कारोबार गर्न सक्नेछन् । त्यस्तै डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोग गरी नेपाली र भारतिय मुद्राहरुमा अनलाइन कारोबार गर्न पनि सकिनेछ ।
यस सुविधासँगै बैंकका ग्राहकहरुले अनलाइन किनमेल, होटल बुकिङ्ग, एयरलाइन टिकेटिङ्ग, आदि जस्ता विभिन्न कार्यहरु सजिलै र सुरक्षित ढंगले गर्न सक्नुहुनेछ ।
सिद्धार्थ बैंकको हाल देशभर १३७ वटा शाखा ९३ एक्स्टेन्सन काउन्टर सहित, ९९ शाखारहित बैंकिङ्ग सेवा, १४७ एटीएम र एक हजार २०० भन्दा बढी पीओएस मेसिन सञ्चालनमा रहेका छन्।् ।



