गल्फको एक्सिडेन्टल इन्स्योरेन्स पोलिसी |
काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडले गल्फ लुब्रिकेन्टका रिटेलरहरुका लागि एक्सिडेन्टल इन्स्योरेन्स पोलिसी उपलब्ध गराएको छ । गल्फ दुर्घटना बीमा निती २०७५⁄०७६ अन्तर्गत रिटेलरहरुलाई सो पोलिसी उपलब्ध गराइएको हो ।
कम्पनीसँग गरिएको सम्झौताअनुसार आर्थिक वर्ष २०७५⁄०७६ मा १ केएल देखि ७.५ केएल लुब्रिकेन्ट विक्री–वितरण गर्ने प्रतिबद्धता जनाएका रिटेलरहरुलाई सो पोलिसी उपलब्ध गराइएको छ । गल्फले “A Partner You Can Rely On” नामक ट्यागलाइन अनुसार सो पोलिसी उपलब्ध गराएको हो ।
गल्फ लुब्रिकेन्टको उत्पादक तथा वितरक नेपाल ल्युब आयल लिमिटेडका मार्केटिङ तथा ब्रान्ड म्यानेजर प्रद्युम्न न्यौपानेका अनुसार रिटेलरहरु कम्पनीका ग्राहक मात्र नभई बिजनेस पार्टनर समेत भएकाले कम्पनीले आफ्नो उत्तरदायित्वकै रुपमा एक्सिडेन्टल इन्स्योरेन्स पोलिसी ल्याएको हो ।
नेपाल ल्युब आयल लिमिटेडले यो आर्थिक वर्षको लागि पोलिसी ल्याएको र अर्को वर्ष समेत उनिहरुको कार्य क्षमता र सम्झौता भए पछि यसलाई निरन्तरता दिने जानकारी दिएको छ ।



