ज्योति विकास बैंकको शाखा धरानमा |
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले सुनसरी जिल्लाको धरानमा नयाँ शाखा संचालनमा ल्याएको छ । धरान उपमहानगरपालिका वडा नं १२ मा रहेको उक्त नयाँ शाखा कार्यालयको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र शाह तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले एक कार्यक्रमका बीच बिहिबार संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
हाल बैंकले ८५ वटा शाखा कार्यालय तथा २२ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आर्थिक वर्ष भित्र थप ५ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटीएम संचालनमा ल्याउने प्रक्रियामा रहेको जानकारी दिएको छ ।
हालसम्म बैंकले १ लाख ६० हजारभन्दा बढि खाताबाट रु. २३.५० अर्बभन्दा बढि निक्षेप संकलन गरी १२ हजारभन्दा बढि ऋणी मार्फत रु. २०.३३ अर्वभन्दा बढि लगानी गर्न सफल भएको जानकारी दिएको छ ।



