सानिमा लाईफ इन्स्योरेन्सको चार शाखा कार्यालय विस्तार |
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सले थप चार शाखा कार्यालय विस्तार गरेको छ । कम्पनीले अत्तरिया, लम्की, दिपायल र बेलौरीमा शाखा कार्यालयहरु विस्तार गरेको जानकारी दिएको छ ।
माघ १० गते प्रदेश नं ७ अत्तरीया नगरपालिकाका नगर प्रमुख हरिसिंह साउदले अत्तरीया शाखा कार्यालय र प्रदेश नं ७ लम्की नगरपालिकाका नगर प्रमुख महादेव बजगाइले लम्की शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

त्यसैगरी माघ ११ गते दिपायल शाखा कार्यालयको प्रदेश नं ७ दिपायल नगरपालिकाका नगर प्रमुख मन्जु मलाछी र माघ १३ गते प्रदेश नं ७ बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरीले बेलौरी शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।
Visited 1 times, 1 visit(s) today


