एनआईसी एशियाले सर्वसाधारणका लागि निष्काशन गरिरहेको डिवेन्चरको समय थप | फागुन १३ सम्म भर्न सकिने
काठमाडौं । एनआईसी एशिया बैंकले आइतबारदेखि निष्काशन गरिरहेको डिवेन्चर २०८५⁄८६ खरीद गर्ने समय बढाएको छ । ऋणपत्रले पर्याप्त सुरक्षाको आधार जनाउने ʽकेयर एनपी ए (सिङगल ए)ʼ प्राप्त गरेका छ । बैंकले १० प्रतिशत व्याजदरमा १० वर्षको अवधिका लागि कुल ४ अर्बको ऋणपत्र निष्काशन गरेको हो । यसमध्ये एक अर्ब ६० करोड सर्वसाधारणका लागि खुला गरेको छ ।
संगठित लगानीकर्ताहरुका लागि छुट्याइएको २ अर्ब ४० करोडको ऋणपत्रका लागि प्रतिवद्धता आइसकेको छ । पहिलो चरणमा ४९७ जनाबाट ७ करोड ३० लाख रुपैयाँको लागि आवेदन परेको छ ।
माग बराबरको आवेदन नपरेमा फागुन १३ गतेसम्म विक्री गर्न पाइने गरी बैंकले स्वीकृति लिएको थियो । त्यस्तै सर्वसाधारणतर्फको ५ प्रतिशत ऋणपत्र सामुहिक लगानी कोषका लागि छुट्याइएको छ ।
सर्वसाधारणले न्युनतम २५ कित्ता र अधिकतम २० लाख कित्तासम्मको लागि आवदेन दिन पाउनेछन् । आवेदनको लागि धितोपत्र बोर्डबाट आस्वा सुविधा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थाबाट पाइनेछ ।
Visited 1 times, 1 visit(s) today


