काठमाडौं, पोखरा र चितवनका रेष्टुरेन्टमा सेवा शुल्क हट्यो |
काठमाडौं । देशका तीन मुख्य शहर काठमाडौं, पोखरा र चितवनका रेष्टुरेण्ट र बारमा यसअघि लिँदै आएको अतिरिक्त १० प्रतिशत सेवा शुल्क हिजो सोमवारदेखि लागू हुने गरी हटाइएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) ले सोमवारको बैठकबाट अतिरिक्त सेवा शुल्क हटाउने निर्णय गरेको हो ।
उपभोक्ताहरूबाट आएको चौतर्फी विरोध र असन्तुष्टिका कारण उपभोक्ता हित र सन्तुष्टिलाई दृष्टिगत गर्दै त्यस्तो निर्णय गरिएको रेबानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसअघि राम्रा रेस्टुरेन्ट र बारमा लिइँदै आएको १० प्रतिशत सेवा शुल्क मजदुर र उनीहरूका संगठनले भागबण्डा लगाई बाँड्ने व्यवस्था गरिएको थियो ।
Visited 1 times, 1 visit(s) today


