एनआईसी एशिया बैंकको नयाँ शाखा झापाको दमकचोकमा |
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको दमक नगरपालिका वडा नंं. ५, क्याम्पसमोड झापास्थित दमकचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । एक भव्य समारोहका बिच सो शाखाको उद्घाटन दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले यहि माघ १३ गते गरेका छन् ।
सो शाखाको कारोबार भने भाद्र १६ गतेबाट नै शुरु गरिएको थियो । उक्त शाखाको उद्घाटन समारोहमा बोल्दै मेयर ओलीले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउदै गएकोमा बैंकको प्रशंसा गरे ।
हाल बैंकले मुलुकभर रहेका २७५ वटा शाखा कार्यालय, २८९ एटीएम, ३९ वटा एक्स्टेन्सन काउण्टर र २३ वटा शाखारहित बैंकिङ इकाइमार्फत उच्चस्तरी बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । वासलातको आकार रू. २१६ अर्बभन्दा बढी, कुल निक्षेप करिब रू. १७५ अर्ब पुगेको उक्त बैंकले कुलकर्जा लगानी करिब रू. १४९ अर्ब पुर्याउन सफल भएको छ ।
ग्राहक संख्या करिब १४ लाख ५० हजार रहेको उक्त बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पनि पालना गर्दै आएको छ ।



