प्रहरीद्वारा ३ सय ५० लिटर अवैध घरेलु मदिरा नष्ट |
काठमाडौं । महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले ३ सय ५० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।
प्रहरीका अनुसार उक्त टोलीले हिजो आइतवार सूर्यविनायक नगरपालिका– ७, गुण्डू किवा चोकमा रहेको भट्टी पसलहरूबाट अवैध रूपमा राखिएको उक्त परिमाणको मदिरा नियन्त्रणमा लिई स्थानीयको रोहवरमा नष्ट गरेको हो ।



