राष्ट्र बैंकले जारी गर्ने रू. २ अर्बको ट्रेजरी बिलको अनलाइन बोल कबोल आज |
काठमाडौं । पछिल्लो समय लगातार ट्रेजरी बिल जारी गर्दै आएको नेपाल राष्ट्र बैंकले फेरि रू. २ अर्बबराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । त्यसका लागि राष्ट्र बैंकले आज सोमवार दिउँसो अनलाइन बोलकबोल गरेर भोलि मंगलवार उक्त ट्रजरी बिल विक्री गर्न लागेको हो । यो ट्रेजरी बिल २०७६ वैशाख ३ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार ९१ दिन अवधिका लागि उक्त बिल विक्री गर्न लागिएको हो । बैंकले यसअघि रू. ५ अर्ब ५० करोडबराबरको टे«जरी बिल विक्री गरेको थियो ।
यसअघि पुस २३ गते भएको ४ अर्ब २५ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बोलकबोलतर्फ २८ दिन अवधिका लागि १० अर्ब ५ करोड र ९१ दिने ट्रेजरी बिलमा ७ अर्ब १५ करोड रुपैयाँबराबरको बिड परेको थियो ।



