नेशनल माइक्रो फाइनान्सको अभिमुखीकरण कार्यक्रम सम्पन्न |
काठमाडौं । नेशनल माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडले नयाँ कर्मचारीहरूको लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले गरेका हुन् । दुई दिनसम्म सञ्चालन भएको उक्त कार्यक्रम संस्थाको केन्द्रीय कार्यालय धादिङबेंसीमा आयोजना भएको हो ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत यादवले नवप्रवेशी ४४ जना कर्मचारीहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत यादवलगायत जनशक्ति विभाग प्रमुख विजय घिमिरे, आन्तरिक लेखापरीक्षण विभाग प्रमुख श्रीराम भट्टराई, सञ्चालन विभाग प्रमुख सीताराम पण्डित र लेखा विभाग प्रमुख रोशन बुर्लाकोटीले संस्थाको नीति नियम, समूह निर्माण तथा कर्जा लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरू, उत्प्रेरणा गर्ने तरिका, संस्थाबाट प्रवाह गरिने सेवा तथा सुविधाहरूलगायतका बारेमा प्रशिक्षण दिएका थिए ।



