कामना सेवा विकास बैंकको नेपाल रेमिटसँग विप्रेषण कारोबार सम्झौता |
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र नेपाल रेमिट इटरनेशनल प्रालि बीच विप्रेषण कारोबार सेवा प्रदान गर्ने गरि सम्झौता भएको छ ।
यस सम्झौता पश्चात अब कामना सेवा विकास बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका ६३ वटै शाखाहरुबाट सहज रुपमा नेपाल रेमिट इटरनेशनल प्रालिको विप्रेषण कारोबार सेवा प्राप्त गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यवसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जानकारी दिएको छ ।
सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट डिपोजिट तथा ट्रान्जेक्सन बैकिङ्ग प्रमुखखसुवास भट्टराई र नेपाल रेमिट इटरनेशनल प्रालिको तर्फबाट कार्यकारी निर्देशक सुमित मित्तलले हस्ताक्षर गरेका हुन ।
ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६३ वटा शाखा तथा १७ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।
Visited 1 times, 1 visit(s) today


