सबै बैंक तथा वित्तीय संस्थामा चार्टर्ड एकाउण्टेण्ट राख्नुपर्छ ː गभर्नर नेपाल |
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अनिवार्य रुपमा चार्टर्ड एकाउन्टेन्ट राख्नु पर्ने नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बताएका छन् । गभर्नर नेपालले चार्टर्ड एकाउन्टेन्टहरुको सम्मेलनमा बोल्दै उक्त कुरा बताएका हुन ।
बैंक तथा वित्तीय संस्थाहरुलाई पारदर्शी बनाउन पनि चार्टर्ड एकाउन्टेन्टहरुको नियुक्ती आवश्यक रहेको बताउदै उनले भने, ʽअबका दिनमा सबै बैंक तथा वित्तीय संस्थाहरुले अनिवार्य रुपमा चार्टर्ड एकाउन्टेन्ट राख्नुस ।’ कार्यक्रममा बोल्दै उनले चार्टर्ड एकाउन्टेन्ट नराख्ने बैंक तथा वित्तीय संस्थाहरु पारदर्शी नहुने समेत उनको आरोप थियो ।
संस्थागत रुपमा हरहिसाव पादरर्शी र संस्थालाई सहज रुपमा अघि बढाउनका लागि पनि चाटर्ड एकाउण्टेन्ट आवश्यक भएको उनको तर्क थियो । यसैगरी आगामी दिनमा नेपाल राष्ट्र बैंकले पनि १ दर्जनभन्दा बढी चाटर्ड एकाउण्टेन्ट नियुक्त गर्न लागेको जानकारी दिए । देश संघीयतामा गएसँगै राष्ट्र बैंकलाई पनि सोही अनुरुप विस्तार गर्नु जरुरी रहेको उनले बताए । यसका लागि तत्काल १ दर्जनभन्दा बढी चाटर्ड एकाउण्टेन्ट नियुक्त गर्न लागेको उनको भनाई थियो ।



