सिटी एक्सप्रेसबाट रकम पठाउने मानबहादुरले जिते १२ लाख रुपैयाँ | तीन जनाले पाए एक⁄एक लाख
काठमाडौं । जापानबाट पैसा पठाउने मानबहादुर खत्रीले १२ लाख रुपैयाँ पुरस्कार पाएका छन् । सिटी एक्सप्रेसमार्फत उनले नेपालमा रकम पठाएका थिए ।
सिटी एक्सप्रेसले दशैंतिहार र छठलाई लक्षित गर्दै ल्याएको लखपति एक्सप्रेस योजना अन्तर्गतको खत्री वम्पर विजेता बनेका हुन्। । कम्पनीका प्रवन्ध निर्देशक चन्द्र टण्डन र ब्राण्ड एम्बेस्डर सीताराम कट्टेलले लक्की ड्र गरेका थिए ।
यो अवधिमा १ हजार ८० जनाले दुई सयको मोबाइल टपअप, साप्ताहिक ३६ जनाले १० हजार नगद र तीन जनाले एक लाख रुपैयाँ नगद पाएका थिए ।



