राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा पोखरा र कैलालीमा | देशभर शाखा कार्यालय २ सय १२ पुग्यो
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले पोखरा र कैलालीमा शाखा बिस्तार गरेको छ ।
बैंकले कैलालीको धनगढी उपमहानगरपालिका वडा नं ७ धनगढी बजार तथा कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं ६ बराहीचोकमा शाखा कार्यालयको कारोबार शुभारम्भ गरिएको बिज्ञप्तीमार्फत जानकारी दिएको छ ।
दुई स्थानमा शाखा बिस्तारसँगै बैंकको शाखा कार्यालयको संख्या २ सय १२ पुगेको छ । हाल बैंकले देशभर २१२ वटा शाखा कार्यालय, १६५ वटा एटीएम र ९३ वटा शाखा रहित बैंकिङ्ग सेवा दिइरहेको जानकारी दिएको छ ।


