रुकुमको सोलाबाङमा कुमारी बैंकको शाखारहित बैंकिङ सेवा | विद्यालयलाई ल्यापटप र प्रोजेक्टर हस्तान्तरण
काठमाडौं । कुमारी बैंक लिमिटेडले रुकुमको सोलाबाङमा शाखारहित बैंकिङ सेवाको शुभारम्भ गरेको छ । साथै सोही अवसरमा बैंकले फिनलिट नेपालको सहकार्यमा वित्तीय साक्षरता एवम् संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरू पनि सम्पन्न गरेको छ ।
पश्चिम रुकुमको मुसीकोट नगरपालिका–४, सोलाबाङस्थित श्री बालकल्याण माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । बैंकले विद्यालयको आधुनिक शैक्षिक प्रणालीमा मद्दत पु¥याउने उद्देश्यले १ थान ल्यापटप र प्रोजेक्टर समेत प्रदान गरेको छ ।
उक्त सहयोग बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरीले विद्यालयका अध्यक्ष लोकबहादुर ददेललाई हस्तान्तरण गरेका हुन् ।
Visited 2 times, 1 visit(s) today


