उदयपुरको देउरीमा एनआईसी एशियाको शाखारहित बैंकिङ सेवा | अब बैंकका शाखारहित बैंकिङ सेवा २३ वटा पुगे
काठमाडौं । मुलुकका सबै जिल्लाका गाउँगाउँ र टोलटोलमा आफ्नो सशक्त उपस्थिति जनाएर आम जनतालाई वित्तीय पहुँचमा ल्याउने अभियानमा लागिरहेको एनआईसी एशिया बैंक लिमिटेडले पछिल्लो पटक पुनः अर्को शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले उदयपुरको त्रियुगा नगरापालिका– ५, देउरीमा आफ्नो २३औं शाखारहित सेवा सञ्चालनमा ल्याएको हो ।
उक्त सेवाको सोही वडाका वडाध्यक्ष उद्धव थापाले आज आइतवार औपचारिक रूपमा उद्घाटन गरेका हुन् । साथै, बैंकले उक्त शाखारहित बैंकिङ सेवाका लागि प्रतिनिधिको रूपमा हरि श्रेष्ठलाई नियुक्त गरेको जानकारी दिएको छ ।
उक्त सेवा सञ्चालनमा आएसँगै सो क्षेत्रका स्थानीय बासिन्दाहरूलाई बैंकिङ कारोबारका लागि लामो दूरीसम्म हिँड्नुपर्ने बाध्यताको अन्त्य हुने विश्वास बैंकको छ । उक्त शाखारहित बैंकिङबाट स्थानीय जनताले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइलल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाइल, एडीएसएल, डिस होम) को महशुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको सावाँ तथा ब्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेण्ट प्राप्त गर्र्न सक्ने बैंकले बताएको छ ।
एनआईसी एशिया बैंकले हाल २७० शाखा कार्यालय, २८९ एटीएम काउण्टर, ३७ वटा एक्सटेन्सन काउण्टर एवम् २३ वटा शाखारहित बैंकिङ इकाइमार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय एवम् आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
हाल यस बैंकको वासलातको आकार २१५ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १७१ अर्ब रुपैयाँ तथा कर्जा १४७ अर्ब रुपैयाँ पुगिसकेको छ । हालसम्म ग्राहक संख्या करिब १४ लाख पुर्याउन सफल भइसकेको यस बैंकले सरकारको नीतिअनुरूप नेपालका दूरदराजमा समेत शाखा कार्यालय स्थापना गरेर ग्रामीण क्षेत्रका जनतालाई पनि बैंकिङ पहुँचमा ल्याउन अभियान नै सञ्चालन गरिरहेको छ ।
Visited 1 times, 1 visit(s) today


