‘दशैंमा बीस लाख’ योजनाको तेस्रो विजेता पनि घोषणा | कतारबाट आईएमईमार्फत पैसा पठाउने शिवुले जिते रू. १ लाख
काठमाडौं । रेमिट्यान्स सेवाप्रदायक कम्पनी आईएमईले चाडपर्वको अवसर पारेर सञ्चालन गरेको ‘दशैंमा २० लाख’ योजनाअन्तर्गतको तेस्रो विजेता पनि घोषणा गरेको छ । उक्त योजनाको तेस्रो विजेता अर्थात् अन्तिम महिनाको विजेतामा कतारबाट नेपालमा आईएमई गर्ने सेवाग्राही शिवु झागर घोषित हुन सफल भएका छन् । लक्की ड्रकमार्फत विजेता घोषित भएका उनले रू. १ लाख नगद पु्रस्कार प्राप्त गरेका छन् ।
आईएमईका सहायक प्रबन्धक श्यामकृष्ण खकुरेल (अन्तरराष्ट्रिय व्यापार) ले कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच विजेता शिवुको सिफारिशमा उनका आफन्त कृष्णगोपाल कुस्मालाई रू. १ लाख रुपैयाँबराबरको चेक हस्तान्तरण गरेका छन् ।
गत असोज ७ गतेदेखि शुरू भई गत मङ्गसिरको मसान्तसम्म सञ्चालन भएको आईएमईको यो सेवाग्राहीमुखि योजनाअन्तर्गत अहिलेसम्म मासिक ‘लक्की ड्र’ बाट तिन जना विजेता घोषित भइसकेका छन् ।
Visited 3 times, 1 visit(s) today


