प्रभु बैंकको ईएमभी चिप मास्टर कार्ड हिजोदेखि सञ्चालनमा |
काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि पीबीएल मास्टर कार्ड हिजो बिहीवारदेखि सञ्चालनमा ल्याएको छ । बैंकले नयाँ वर्ष २०१९ को अवसर पारेर ख्यातिप्राप्त अन्तरराष्ट्रिय कम्पनी मास्टर कार्ड र प्रभु बैंकको साझेदारीमा ‘ईएमभी चिप बेस्ड पीबीएल कार्ड’ सञ्चालनमा ल्याएको हो ।
बैंकका प्रमुख कायर्कारी अधिकृत अशोक शेरचनले उक्त चिप कार्डको शुभारम्भ गर्दै मास्टरकार्डसँगको साझेदारीमा यो कार्ड सेवा सञ्चालनमा ल्याइएको र यसबाट प्रभु बैंकका ग्राहकहरूले सुरक्षित र सरल तरिकाबाट बैंकिङ कारोबार गर्न सक्ने जानकारी दिए ।

मास्टर कार्ड दक्षिण एशिया डिभिजन प्रमुख पोरुस सिंहले प्रभु बैंकसँगको साझेदारीमा नेपालमा कार्ड सेवा विस्तार गर्न पाएकोमा खुशी व्यक्त गरे ।
बैंकका अध्यक्ष देविप्रकाश भट्टचनले अन्तरराष्ट्रिय सञ्जाल रहेको मास्टर कार्ड मुख्य एजेण्टको रूपमा रहेको प्रभु बैंकले भविष्यमा थप सहायक एजेण्टहरू नियुक्त गर्दै जाने योजना रहेको बताए ।



