नेपाल गुणस्तर प्रमाणचिन्ह प्राप्त प्रिमियर स्टिल नेपाली बजारमा |
काठमाडौं । प्रिमियर स्टील प्रालिले हालै पूर्वी नेपालमा आफ्नो उत्पादनको विक्रीवितरण प्रारम्भ गरेको छ । नेपाल गुणस्तर चिन्ह प्राप्त कम्पनीले उत्पादन गरेको एफई 500 58 छड विभिन्न साइजमा उपलब्ध रहेको छ । ८ एमएम देखि ३२ एमएम सम्ममा उपलब्ध हुने प्रिमियर स्टील उच्च गुणस्तरको रहेको कम्पनीको दावी रहेको छ । प्राइम विलेटको मात्र प्रयोग गरी उत्पादन हुने हुँदा यो आफैमा गुणस्तरीय छड बन्न पुगेको कुरा प्रेस विज्ञप्ति मार्फत जानकारी गराइएको छ ।
उद्योगले ८ देखि ३२ एमएमका फलामे डन्डीको उत्पादन प्रतिघण्टा ४० टनका दरले उत्पादन गर्न सक्छ । कम्पनीले २० घण्टा उद्योग सञ्चालन गरेर ४ घण्टा मेन्टेनेन्स गर्ने गरेको छ । कम्पनीले आधुनिक र उन्नत प्रकारको जापानी प्रविधिको फलामे डन्डीको उत्पादनगर्दै आएको छ ।

उद्योगमा पूर्ण स्वचालित रोलिङ्ग प्रणाली भएकाले मानवजन्य गल्तीका कारण उत्पादन कमजोर नहुने र कम्प्युटर न्युमेरिकल कन्ट्रोल्ड मेसिनबाट यसको रिब डिजाइन र नोचिङ गरिने हुँदा सिमेन्टको मिश्रणसित बलियो बन्धनसमेत हुनेछ । प्रिमियर स्टीलमा भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनम, उडिसाको रायगढ, झारखण्डस्थित जमसेदपुर र पश्चिम बङ्गालस्थित दुर्गापुरबाट कच्चा पदार्थ प्राइम बिलेट ल्याई उत्पादन गर्ने गरिएको छ ।
डन्डीको मूख्य बजार हाल प्रदेशनं. १ रहेको छ भने आगामी दिनहरुमा उत्पादनलाई मुलुकभरि नै पुर्याउने लक्ष्य कम्पनीले लिएको छ । पुननिर्माण एवं हाइड्रो लगायत राष्ट्रिय गौरवका आयोजना धमाधम बन्दै गइरहको वर्तमान अवस्थामा फलामे डन्डी र सिमेन्टको माग समेत बढ्ने हुँदा कम्पनीले प्राथमिकताका साथ आफ्नो उत्पादनलाई अगाडी बढाएको छ ।
कम्पनीले ८ मीमी देखि ४० मीमी साईजका छड उत्पादन गर्न सक्नेछ । हाल उद्योगले एफई 500 ग्रेडका छड सर्व सुलभ रुपमा उत्पादन एवं विक्रिवितरण गरिरहेको तथा निकट भविष्यमा नै एफई 500 डी ग्रेडमा पनि छड उत्पादन गर्ने लक्ष्य लिएको छ ।
शारदा ग्रुप तथा राठी ग्रुपको संयुक्त लगानीमा स्थापना गरिएको यस प्रिमियर स्टिल प्रालिमा दक्ष एवं अनुभवी समुहको सहभागीता रहेको छ । ३६ वर्ष भन्दा बढीको स्टीलजन्य उत्पादान सम्बन्धी अनुभव भएका सञ्चालकहरुको सहभागीताले गुणस्तरीय उत्पादनमा विशेषता हासिल गरेको छ ।
कम्पनीले उत्पादन गर्ने छडको प्रतिमिटर तौल एकनासको रहने तथा लम्बाइ पनि १२ मिटरको हुनेछ, जसले गर्दा निर्माणमा किफायती तथा अनावश्यक छडको ल्यापिङ्गमा खर्च नहुने कम्पनीको दावी छ ।



