मुक्तिनाथ विकास बैंक र बीबी होलिडेज ट्राभलबीच सम्झौता | ट्रेकिङ प्याकेजमा १० प्रतिशत छुट
काठमाडौं । मुक्तिनाथ विकास बैंक र बीबी होलिडेज ट्राभल एण्ड टुर नक्सालबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई बीबी ट्राभलको तोकिएका शुल्कमा विशेष छुट दिने गरि सम्झौता भएको हो ।
बैंकका बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सी र बीबी होलिडेजका प्रमुख केएन लामिछानेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता पछि बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले बीबी होलिडेजवाट ट्राभल एण्ड टुर तथा ट्रेकिङ प्याकेजको सेवा लिएवापत विभिन्न तोकिएका सेवाहरुमा १० प्रतिशतसम्म छुट पाउने भएको हो ।



