माछापुच्छ्रे बैंकले खोल्यो एकै पटक ८ वटा शाखारहित बैंकिङ सेवा |
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले खोटाङ्ग, भोजपुर र डडेलधुराका आठ स्थानमा शाखारहित बैंकिङ सेवा युनिट संचालनमा ल्याएको छ ।
बैंकले खोटाङ्गमा पर्ने हलेसी तुबचुङ्ग नगरपालिकाको अर्खोले र राजापानीमा २ शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको हो ।
त्यससँगै डडेलधुरामा पर्ने वागेश्वर गाँउपालिको रुपाल र गन्यापधुरा गाँउपालिकाको बदलमा २ शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । यसका साथै भोजपुरमा पर्ने ट्याम्के मैयुङ् गाँउपालिको कोट र पाँचधारे, सदानन्द नगरपालिको साङ्पाङ् र पौवाडुङ्मा गाउँपालिकाको च्याङ्रेमा पनि ४ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ ।
बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगमा बैंकले आफ्नाग्राहक सेवा केन्द्रहरु मार्फत अत्याधुनिक बैकिङ्ग सेवा पुर्याइरहेको छ ।
बैंकले हालसम्म ५२ शाखारहित बैंकिङ सेवा सुचारु भईसकेको जनाएको छ । बैंकका ८८ वटा शाखाहरु, २ एक्सटेन्सन काउण्टर लगायत ५२ शाखा रहित बैकिङ्ग सेवा गरी जम्मा १४२ स्थानबाट ग्राहकहरुमा सम्पुर्ण बैंङ्ग सुबिधा प्रदान गरीरहेको विज्ञप्तिमा उल्लेख छ । बैंकको देशभर ११० वटा एटीएमहरु संचालनमा रहेको छ ।




