मुक्तिनाथको सहयोग नेपाल क्यान्सर सपोर्ट ग्रुपलाई |
काठमाडौं । मुक्तिनाथ विकास बैंकले गैरनाफामूलक संस्था नेपाल क्यान्सर सपोर्ट ग्रुपलाई ५० हजार रुपैयाँ सहयोग गरेको छ । बैंकले आफ्नो १३औं वार्षिक उत्सवको अवसर पारेर उक्त सहयोग गरेको हो ।
बैंकले ग्रुपका प्रतिनिधि धनकाजी श्रेष्ठलाई उक्त रकमबराबरको चेक हस्तान्तरण गरिएको जानकारी दिएको छ । उक्त ग्रुपले क्यान्सर पीडितलाई सकारात्मक सोचका साथ साधारण जीवन बिताउनका लागि प्रोत्साहन गर्ने विभिन्न कार्यक्रमहरूसमेत सञ्चालन गर्र्दै आएको छ ।




