ग्लोबल आईएमई बैंकले गर्यो कतारको दोहा बैंकसँग रेमिट्यान्स कारोबार सम्झौता |
काठमाडौं । ग्लोबल आईएमई बैंक र कतारस्थित दोहा बैंकबीच रेमिट्यान्स कारोबारसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा दोहा बैंकका प्रमुख कार्यकारी अधिकृत डा. आर. सीथारमन र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले हस्ताक्षर गरेका छन् ।
दोहा बैंकको विभिन्न १४ मुलुकमा शाखा संजाल तथा प्रतिनिधि कार्यालय रहेको छ । सम्झौता पश्चात कतारमा रहेका नेपालीले कतारको दोहा बैंकका शाखा तथा अनलाइन मोबाइल एप्लिकेशनमार्फत नेपालमा पैसा पठाउन सक्नेछन् । उक्त रेमिट्यान्स ग्लोबल आइएमई बैंकका शाखा तथा आईएमई. र जीएमईका एजेन्ट मार्फत भुक्तानी लिन सकिने छ ।



