स्ट्याडर्ड चार्टर्ड बैंकले दिने भयोे १७.५ प्रतिशत नगद लाभांस | पाँच बर्षयताकै कम प्रस्ताब
काठमाडौं । स्ट्याडर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको नाफाबाट १७.५ प्रतिशत नगद लाभांस घोषणा गरेको छ । बैंकको ३७६औ संचालक समितिको बैंठकले शनिवार गत आर्थिक वर्षको नाफाबाट नगद लाभांस दिने निर्णय गरेको हो ।
बैंकले गत आर्थिक वर्षमा दुई अर्ब ७ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकको चुक्ता पूँजी ८ अर्ब एक करोड रुपैयाँ रहेको छ । चुक्ता पूँजीका आधारमा बैंकले एक अर्ब ४० करोड रुपैयाँ नगद लाभांस बाड्ने छ । बैंकले गत आर्थिक वर्ष चुक्ता पूँजी बढाउने क्रममा सत प्रतिशत बोनस शेयर दिएको थियो ।
विगत ५ वर्षमा यो पहिलो पटक नगद लाभांस मात्रै घोषणा गरेको हो । साथै यो लाभांस विगत ८ वर्षयताकै कम हो ।
Visited 2 times, 1 visit(s) today


