कोकाकोला बन्यो ʽको बन्छ करोडपतिʼ को मुख्य प्रायोजक |
काठमाडौं । अन्तरराष्ट्रिय लोकप्रियता हासिल गरेको टिभी कार्यक्रम ʽहु वान्ट्स टु बी ए मिलिओनेर’ को नेपाली संस्करण अब नेपालीमा पनि आउदै छ । उक्त कार्यक्रमको नाम ʽको बन्छ करोडपतिʼ राखिएको छ ।
योे कार्यक्रम एपी वान टेलिभिजन मार्फत प्रसारण हुनेछ । सो कार्यक्रमका उद्घोषक नेपालका प्रसिद्ध महानायक राजेश हमाल रहनेछन् भने यस कार्यक्रमलाइ कोकाकोलाले प्रायोजन गर्नेछ । यो कार्यक्रमका प्रतियोगीहरुले विभिन्न प्रकारका प्रश्नहरुको सामना गरेर एक करोड नेपाली रुपैया जित्न सक्नेछन ।




