प्राइम लाइफको प्रभातफेरी |
काठमाडौं (आपास) । प्राइम लाइफ इन्स्योरेन्सले स्थापनाको १० वर्ष पूरा गरेको अवसरमा मङ्गलवार बीमा साक्षरता तथा सचेतनासम्बन्धी प्रभातफेरी कार्यक्रम आयोजना गर्यो । कम्पनीको प्रधान कार्यालयबाट शुरू भएको उक्त कार्यक्रममा काठमाडौं उपत्यकाका शाखा तथा उपशाखाका कर्मचारी एवम् सञ्चालकहरू सहभागी थिए । चूक्ता पूँजी १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँ रहेको कम्पनीको कुल बीमा शुल्क ११ अर्ब ६२ करोड रुपैयाँ रहेको छ ।
Visited 1 times, 1 visit(s) today


