धनगढीको हसनपुरमा प्रभु बैंकको एक्सटेन्सन काउन्टर |
काठमाडौं । धनगढी उपमहानगरपालिकाको हसनपुरस्थित गोवर ग्यास चोकमा प्रभु बैंकले एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।
धनगढीस्थित श्रम तथा रोजगार कार्यालयका कार्यालय प्रमुख कृष्णनन्द जोशीले काउन्टर उद्घाटन गरे । जोशीले श्रम तथा रोजगार कार्यालयको सम्पूर्ण कारोबार अब बैंकिङ्ग प्रणालीमा प्रवेश गरेको जानकारी दिँदै कार्यालयमा आउने सेवाग्राहीहरुलाइ कार्यालयमा रकम बुझाउन अनावश्यक झण्झट नहुने दाबी गरे ।
हसनपुर एक्स्टेन्सन काउण्टरबाट धनगढीस्थित श्रम तथा रोजगार कार्यालयको आर्थिक गतिविधी बैंकिङ्ग प्रणालीमा जोडिएको छ । वैदेशिक रोजगारमा जान चाहनेलाई आवश्यक पर्ने श्रम स्वीकृति लिन सहज हुने बैंकको विश्वास छ ।



