लुम्बिनी इन्सुरेन्स आमन्त्रित गल्फ टुर्नामेन्ट सम्पन्न |
काठमाडौं । लुम्बिनी जनरल इन्सुरेन्सको आयोजनामा यहि बैशाख ६ र ७ गते रोयल नेपाल गल्फ क्लब एयरपोर्टमा दुइ दिने आमन्त्रित गल्फ प्रतियोगिता सम्पन्न भएको छ ।
युवा र प्रौढ गरि दुई समूहमा विभाजन गरिएको उक्त टुर्नामेन्ट २०१९ मा ९७ जना खेलाडीको सहभागिता रहेको थियो । जसमा १२ जना साना र ८५ जना सिनियर खेलाडीहरु रहेका जनाइएको छ ।
खेलकुदमार्फत पनि आफ्नो गुडविललाई बजारमा लैजान सकिन्छ र खेलको विकासमा सानै भए पनि यस किसिमको सहयोग खेलाडी एवं क्लब लाई गर्न पाएकोमा आफुहरु खुशी भएको लुम्बिनी जनरल इन्स्योरेन्सका अध्यक्ष मनोहर दास मुलले बताए ।
आमन्त्रित गल्फ टूर्नामेन्टको उपाधि हात पार्न सफल भएका थिए, त्यस्तै सुपर सिनियर खेलाडी मेजर विजय मोक्तान घोषित भएका थिए । विजयी खेलाडीहरुलाई रोयल नेपाल गल्फका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ र इन्स्योरेन्सका अध्यक्ष मनोहरदास मुल र कम्पनीका सीईओ नुर प्रकाश प्रधानले उत्कृष्ठ खेलाडीहरुलाई अर्वाड हस्तान्तरण गरेका थिए ।
Visited 1 times, 1 visit(s) today


