राइनो ५०० डी द्वारा निर्माणकर्मी सम्मेलनको आयोजना |
काठमाडौं । शंकर ग्रुपको उत्पादन राइनो ५०० डी को आयोजनामा निर्माणकर्मीहरु समक्ष प्राविधिक ज्ञान प्रस्तुत गर्ने उद्देश्यकासाथ एक बृहत् अन्तरक्रियात्मक कार्यक्रम यही बैशाख १३ गते शुक्रबारको दिन सम्पन्न भएको छ । उक्त कार्यक्रम ‘हाम्रो विश्वास राइनो डक्टिलिटी’ भन्ने मूल सन्देशको साथ बिरगंजमा आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा १५० जनाभन्दा बढि उपस्थित निर्माणकर्मीहरु माझ राइनो फलामे छडको प्राविधिक पक्षको विस्तृत जानकारी सहितको प्रस्तुतिकरण पेश गरिएको थियो । उक्त उत्पादनको बारेमा बोल्ने क्रममा राइनो स्टील्स्का ब्राण्ड म्यानेजर निरज बानियाले फलामे छडको इतिहास, उत्पादन प्रक्रिया र साथमा कसरी यसको उत्पादन प्रक्रियाले छडको गुणस्तर निर्धारण गर्दछ भन्ने कुरा विस्तृत रुपमा जानकारी गराएका थिए । रासायनिक तथा यान्त्रिक गुणले कसरी फलामे छडको ग्रेड (स्तर) र गुणस्तरमा प्रभाव पार्दछ भन्ने कुराको पनि थप जानकारी उनले दिए ।
त्यसैगरी कम्पनीले हालै सुरुवात गरेको ‘हाम्रो विश्वास राइनो डक्टिलिटी’ नामक फलामे छडको डक्टिलिटी (लचकता) सम्बन्धी नयाँ जनचेतना अभियानका बारेमा पनि उपस्थित सहभागि समक्ष अद्यावधिक गराइयो । हाल यस अभियान देशभर तीव्र रुपमा सञ्चारका सम्पूर्ण माध्यम मार्फत जारी छ ।

निर्माणकर्मी तथा निर्माण व्यवसायीहरुको उत्साहजनक सहभागिता रहेको यस कार्यक्रममा आयोजक समूहले उपस्थित सहभागीहरुसँग अन्तरक्रिया गर्नुका साथै उनीहरुको लागि विभिन्न रमाइलो खेल लगायतका मनोरञ्जनात्मक प्रस्तुति पनि पेश गरेका थिए । आयोजक कम्पनीले यस किसिमका अन्तरक्रियात्मक कार्यक्रमहरु आगामी दिनहरुमा पुनː आयोजना गर्ने जानकारी दिएको छ ।
Visited 1 times, 1 visit(s) today


