रुस्लानको ‘हाम्रो रुस्लान’ अभियान शुरु, बिदेशिने र घर फर्कने विषयमा अर्थपूर्ण सन्देश दिने |
काठमाडौं । रुस्लान भोड्काले हाम्रो रुस्लान नामको प्रचार अभियान शुरु गरेको छ । प्रचार अभियान बिदेशिने तथा घर फर्कने विषयमा केन्द्रित रहेको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अनुसार ४० वर्ष अघिदेखि रुस्लानले निर्वाह गर्दै आएको विरासतलाई उजागर गर्ने किसिमले प्रचार अभियान शुरु गरेको हो ।कम्पनीले तयार पारेको हाम्रो रुस्लान टीभीसीले जीवनको लागि अर्थपूर्ण सन्देश दिने र समयसँगै जीवनका अन्तरंग मूल्य मान्यताहरु परिवर्तन हुँदै जाने विषयलाई दर्शाएको छ ।
यो मित्रता, स्वभाव, स्थिरता र प्रशंसनीय क्षणहरुका बारेमा तयार पारिएको हो । सबैभन्दा महत्व राख्ने व्यक्तिसँग साटासाट गर्ने खुशीका क्षणहरुलाई यसमा देखाइएको कम्पनीले जानकारी दिएको छ ।


