पहिलो पटक र्निजीवन बीमा क्षेत्रमा ’डिजिटल्लि’ सेवा शुरु |
काठमाडौं । नेपालको र्निजीवन बीमा उद्योग क्षेत्रमा सगरमाथा इन्स्योरेन्सले ‘इन्स्योरेन्स डिजिटल्लि’ सेवा शुभारम्भ गरेको छ । राजधानीमा आयोजित कार्यक्रमबाट बीमा समितिका अध्यक्ष्य चिरञ्जीवी चापागाई र सगरमाथा इन्स्योरेन्सका अध्यक्ष आरके मानन्धरले संयुक्त रुपमा इन्स्योरेन्सको डिजिटल्लि सेवाको उद्घाटन गरेका छन् ।
इन्स्योरेन्सले विक्री गर्दै आईरहेको बीमालेखहरु मध्ये प्रथम चरणमा मोटर साईकलको तेस्रो पक्ष बीमालेख, घर बीमालेख, दुर्घटना बीमालेख र ट्राभलर्स, मेडिक्लेम बीमालेख लाई अनलाइन पोर्टल मार्फत विकास गरेकोे एपबाट सेवाग्राहीले सेवा लिन सक्ने जानकारी गराएको छ ।
इन्स्योरेन्सले प्रविधि सँग जोडिएर बीमा सेवाको पहँुचलाई सबै सामु पुर्याउन आवश्यक भएको भन्दै हातमा रहेको मोबाइलबाट बीमालेख खरिदको पहुँचमा पुर्याउने उद्देश्यका साथ इन्स्योरेन्स डिजिटल्लि बीमा सेवा शुभारम्भ गरेको बताएको छ ।
यसरी डिजिटल्लि सेवा बीमा सेवाको विस्तार भए सँगै सबैको हातहातमा बीमा सेवा उपलब्ध हुने इन्स्योरेन्स कम्पनीको विस्वास छ ।
इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतले यस डिजिटल्लि सेवाको विशेषता र बीमालेख खरिद प्रकृयाका बारेमा विस्तृत जानकारी दिदैँ यसका चुनौती र समस्याहरुको गहन अध्यन गरी अन्य बीमालेखहरुलाई पनि डिजिटलाइज गरादै लैजाने प्रतिवद्धता समेत गरे ।


