कैलाश विकास बैंकको ‘कैलाश सबैको बचत खाता’ योजना |
काठमाडौं । कैलाश विकास बैंक लिमिटेडले नयाँ बर्ष २०७६ को उपलक्ष्यमा समृद्ध नेपालमा सबै जानताको बैंक खाता, अब खोलौं कैलाश बैंकमा ‘कैलाश सबैको बचत खाता’ भन्ने नारा सहित ‘कैलाश सबैको बचत योजना’ बजारमा ल्याएको छ ।
जसमा शुन्य मौज्दातमा खाता खोल्न सकिने, खातामा रु. १०० बैंकको तर्फबाट प्रदान गरिने, निːशुल्क मोबाईल बैंकिङ्ग, निːशुल्क इन्टरनेट बैंकिङ्ग , निːशुल्क एबीबीएस लगायतका सुबिधाहरु रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले बताए ।
देशभर ९५ बटा शाखा मार्फत वित्तीय सेवा प्रदान गर्दै अएको बैकको ३४ एटीएम छन् । निकट भविष्यमा देशका बिभिन्न २ ठाँऊहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको बैंकले जानकारी दिएको छ ।
यस बैंकले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै समस्त आधारभुत बैंकिङ्ग सेवाका साथै मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग सेवा, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

