अमेरिकी डलरको विनिमयदर हालसम्मकै उच्च, नेरु निरन्तर दबाबमा
काठमाडौँ । आज अमेरिकी डलरको भाउले नयाँ रेकर्ड काय गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज साउन २४ गते बिहीबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३४ रुपैयाँ ६४ पैसा कायम भएको छ । यस्तै, खरिददर १३४ रुपैयाँ ०४ पैसा छ । यसअघि बुधबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३४ रुपैयाँ ६३ पैसा र खरिददर १३४ रुपैयाँ ०३ पैसा थियो ।
पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ (भारु) पनि निरन्तर कमजोर बन्दै गएको छ । भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ ।
आयात महँगो पर्छ भने वैदेशिक ऋणको लागत पनि बढ्छ । तर विदेशबाट रेमिटेन्स पठाउनेलाई भने फाइदा हुन्छ । डलर बलियो हुँदा भारु र नेरु दुवै कमजोर बनेका छन् । भारुसँग नेरुको स्थिर विनिमयदर छ ।
राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४७ रुपैयाँ ०५ पैसा रहेको छ भने खरिददर १४६ रुपैयाँ ३९ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७१ रुपैयाँ ४४ पैसा खरिद दर १७० रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८८ रुपैयाँ १० पैसा र बिक्रीदर ८८ रुपैयाँ ४९ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९७ रुपैयाँ ५३ पैसा र बिक्रीमा ९७ रुपैयाँ ९७ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


