माछापुच्छ्रे बैंक र गुराँस लाइफ इन्स्योरेन्स बीच बैंकासुरेन्स सम्झौता |
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका बीच बैंकासुरेन्स सम्झौता भएको छ ।
माछापुच्छ्रे बैंक लिमिटेडको कर्पोरेट कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरु मार्फत गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक नगद फिर्ता जीवन बीमा र एउटै योजनामा सावधिक , आजीवन र पेन्सन जीवन बीमा योजना सहित १२ वटा जीवन बीमा योजना विक्री गर्ने छ । अभिकर्ता तथा बीमीतहरुलाई छिटो, छरितो एवं भरपर्दाे सेवा पुर्याउने उद्देश्येले दुई संस्थाका बीच बैंकासुरेन्स सम्झौता भएको बताइएको छ ।
सम्झौतामा इन्स्योरेन्स कम्पनी को तर्फबाट सहायक महाप्रबन्धक बालमुकुन्द रुपाखेती र बैंक को तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे । माछापुच्छ्रे बैंक लिमिटेडका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट यस कम्पनीको जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् ।

