नेपाली धारा ब्राण्ड सिल्क वेरको ब्राण्ड एम्वास्डरमा नायिका केकी तीन बर्षलाई नियुक्त |
काठमाडौं । नेपालमा नै उत्पादन हुने धाराको ब्राण्ड सिल्क वेरले नायिका केकी अधिकारीलाई ब्राण्ड एम्वास्डरमा नियुक्त गरेको छ । आइएसओ सर्टिफाइड कम्पनीका प्रबन्ध निर्देशक राजन झाले केकी अधिकारीलाई कम्पनीले ३ वर्षको लागि ब्राण्ड एम्वास्डर नियुक्त गरेको बताए ।
यी धाराका सामानहरु भने जोनसन इन्टरनेशनल प्रालिले बजारमा ल्याएको छ । कम्पनीले आफ्ना उत्पादनहरुमा १० वर्षको रिप्लेसमेन्ट ग्यारेन्टी दिने र विभिन्न ९ भेराइटीमा बजारमा उपलब्ध भएको जनाएको छ ।

