ज्योति लाईफ इन्स्योरेन्स र ग्रान्डी अन्तरराष्ट्रिय अस्पताल बीच सेवा सम्झौता |
काठमाडौं । ज्योति लाईफले आफ्नो ग्राहकहरुलाइ बीमा सेवाका अतिरिक्त अन्य सेवासुविधा विस्तार गर्ने क्रममा ग्राण्डी अन्तरराष्ट्रिय अस्पताल धापासी काठमाण्डौंसँग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता सम्पन्न गरेको छ ।
उक्त सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्समा आबद्व मापदण्ड पुरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले ग्राण्डी अस्पतालबाट उपलब्ध हुने उच्च स्तरिय स्वास्थ्य उपचार सेवामा विशेष छुट प्राप्त गर्नेछन् ।
यस सम्झौताले कम्पनीसँग आबद्व सम्पूर्ण महानुभावहरु लाभान्वित हुने कुरामा कम्पनी विश्वस्त रहेको बताइएको छ । सम्झौता पत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूख प्रकाश बिक्रम खत्री र अस्पतालका बजार तथा व्यवसाय विकास प्रमुख दिनेश पौड्यालले हस्ताक्षर गरे ।

