इन्भेष्टमेण्ट बैंकबाट ‘गरिमा रेमिट’ सेवा |
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले ‘गरिमा रेमिट’ सेवा दिने भएको छ । गरिमा विकास बैंक र इन्भेष्टमेण्ट बैंकबीच सम्झौता भएपछि गरिमा रेमिटमार्फत इन्भेष्टमेण्ट बैंकका ७८ वटै शाखा र १२ वटा एक्सटेन्सन काउण्टरबाट रकम भूक्तानी गर्न सकिने भएको हो ।
सम्झौतामा गरिमा बैंकका तर्फबाट प्रमुखकार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र इन्भेष्टमेण्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले हस्ताक्षर गरे ।
Visited 1 times, 1 visit(s) today


