सानिमा बैंकको पुतलीसडकमा नयाँ शाखा, शैक्षिक कर्जामा विशेष नीति लिइने |
काठमाडौं । सानिमा बैंक लिमिटेडले काठमाडौंको पुतलीसडकमा शाखा कार्यालय खोलेको छ । शाखाको उद्घाटन बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ तथा ब्रान्ड प्रवद्र्वक कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गरेका छन् ।
अध्यक्ष श्रेष्ठले शाखाबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गरिनुका साथै शैक्षिक कर्जाको लागि विषेश नीति लिएको बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बैंकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरु लाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता ब्यक्त गरे ।
अब बैंकको देशभर शाखा संख्या ७८ पुगेको छ । बैंकका ७२ वटा एटीएम छन् ।
Visited 1 times, 1 visit(s) today


