त्रिभुवन विमानस्थलको स्तरोन्नति शुरू | आजदेखि बेलुकी १० बजेदेखि बिहान ८ बजेसम्म उडान बन्द
काठमाडौं । त्रिभुवन अन्तरर्रािष्ट्रय विमानस्थलको रन–वे (धावनमार्ग) को स्तरोन्नतिको जिम्मा पाएको चीनको सरकारी कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी आज बुधवारबाट औपचारिक रूपमा स्तरोन्नतिको काम शुरू गरेको छ । पूजाआजा गरेर शुरू गरिएको स्तरोन्नतिको कामको शिलान्यास पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले गरेका हुन् । कार्यक्रममा विमानस्थलका अधिकारीहरू पनि सहभागी थिए ।
दैनिक २२ घण्टा सञ्चालन हुँदै आएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आजदेखि बेलुकी १० बजेदेखि बिहान ८ बजेसम्म बन्द हुने भएको छ । विमानस्थलको धावनमार्गको स्तरोन्नतिको काम आजदेखि शुभारम्भ गरिएकाले दैनिक १० घण्टा विमानस्थल बन्द गर्न लागिएको विमानस्थल कार्यालयले जानकारी गराएको छ ।
सन् १९७५ मा निर्माण गरिएको विमानस्थलको धावनमार्ग यसअघि मर्मत गरेर सञ्चालन गरिँदै आएको थियो । यस विमानस्थलको पिच पटक पटक उप्किने कारणले विमान उडान र अवतरणका लागि धेरै समस्या भइरहेको थियो । अब यो पिचलाई पूरै उप्काएर पुनः कालोपत्रे गर्न लागिएको छ । पूरै उप्काएर कालोपत्रे गरिएपछि भने धेरै टिक्ने विश्वास गरिएको छ ।
स्तरोन्नतिको काम राति १० बजेदेखि बिहान ८ बजेसम्म सञ्चालन हुने भएकाले अबदेखि काम सम्पन्न नहुञ्जेल दैनिक १० घण्टा उडान बन्द हुने विमानस्थलका अधिकारीको भनाइ छ ।
त्रिभुवन विमानस्थलको धावनमार्गको पिच पटक–पटक उप्किएने समस्याले हैरानी बेहोर्नुपरेपछि यस पटक टिकाउ तरिकाले पिच गर्न लागिएको छ । यो समस्या हिउँदमा भन्दा वर्षायाम लागेपछि निकै बढ्ने गरेको थियो । चिरा पर्ने समस्या हटाउन धावनमार्गको पिचलाई पूर्ण रूपमा नयाँ बनाउने योजना बनेको लामो समयपछि यसपटक यसपटक निकै जोखिम मोलेर नै सरकारले धावनमार्गको तल्लो सतहबाटै पिच गर्न लागेको हो ।
नागरिक उडड्ययन प्राधिकरणअन्तर्गतको अन्तरर्रािष्ट्रय विमानस्थल हवाई क्षमता अभिवृद्धि तथा विस्तार परियोजनाका प्रमुख बाबुराम पौडेलले उक्त कार्य ७० दिनमा सक्ने लक्ष्य रहेको भए पनि बढीमा ९० दिनमा सक्ने जानकारी दिए । सरकारले विमानस्थलको धावनमार्ग स्तरोन्नतिका लागि चाइनिज कम्पनीलाई रू. ४ अर्ब २७ करोड रुपैयाँमा दिएको हो ।

