साधना लघुवित्त वित्तीयद्वारा आफ्ना ग्राहकको मृत्युपछि ऋण मिनाहा |
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेड मकवानपुर बज्रबराही शाखाले आफनो ग्राहक सदस्यको मृत्यपश्चात पनि ऋण कर्जा मिनाह गरेको छ ।
वित्तीय संस्थाको शाखा कार्यालय बज्रबराहिद्वारा प्रवद्वित केन्द्र नं ७०, नागदह साधना महिला विकास केन्द्रको स्व. सुकु माया स्याङ्गतानको फागुन २० गते असमाहिक निधन भएको थियो । स्व. सुकु माया स्याङ्गतानले वित्तीय संस्थावाट लिएको कर्जाको तिर्न वाकि सावा र सो सावाले हुन आउने ब्याज रकम गरी ७२ हजार १९१ रुपैया कर्जा मिनाह गरेको हो ।
संस्थाले आइतबार स्याङ्गतानकै घर नजिक रहेको नागदह प्राविको प्राङ्गनमा हार्दिक श्रद्घाञ्जली तथा कर्जा मिनाह कार्यक्रम गरि कर्जा मिनाहको घोषणा गरेको हो । उक्त कार्यक्रममा कर्जा मिनाह पत्र र बचत रु. ६,१३० रुपैया मृतक स्व. सुकुमाया स्याङ्गतानको श्रीमान सानु कान्छा घलानलाई थाहा नपा वडा नं ११ का वडा अध्यक्ष किरण वल र वित्तीय संस्थाको कर्जा तथा जोखिम ब्यावस्थापन विभाग प्रमुख राम प्रसाद लामिछानेले प्रदान गरेका थिए ।



