नेपाल बंगलादेश बैंकको दमकमा नयाँ शाखा, सञ्जाल ८६ पुग्यो |
काठमाडौं । नेपाल बङलादेश बैंक लिमिटेडले दमकमा शाखा खोलेको छ । बैंकको यो ८६औं शाखा हो ।
शाखाको औपचारिक उद्घाटन दमक नगरपालिकाका उपमेयर गिता अधिकारी तथा बैंकका संचालक मुकुन्दनाथ ढुङ्गेलले संयुक्त रुपमा गरेका छन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकका सेवाहरुको बारेमा जानकारी गराएका थिए ।

