ओखलढुङ्गाको मानेभञ्ज्याङमा काठमाडौं आउँदै गरेको जीप दुर्घटना, ६ जनाको मृत्यु |
काठमाडौं । खोटाङको हलेसीबाट काठमाडौँका लागि छुटेको बा १६ च २२०६ नम्बरको जिप ओखलढुङ्गाको मानेभञ्ज्याङमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।
मृतक ६ जनाकै खसनाखत भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ । प्रहरीका अनुसार मृत्यु हुनेहरुमा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ का ५५ वर्षीय मिङमा शेर्पा, सोही ठाउँका ४५ वर्षीयसाङ्गेल शेर्पा, काठमाडौं बौद्ध निवासी ३५ वर्षीय नोर्बु शेर्पा, ४० वर्षीय ङवाङ शेर्पा, ४५ वर्षीय डोमा शेर्पा र वाङदा शेर्पा भएको प्रहरीले जानकारी दिएको छ ।
घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइँदैछ ।

