सिजी फुड्स र ग्लोकल प्राली बिच ग्लोकल टिन हिरो जारी राख्ने सम्झौता |
काठमाडौ । काठमाडौँमा सम्पन्न भएको सम्झौता कार्यक्रममा सिजी फुड्स र ग्लोकल प्रालीले ग्लोकल टिन हिरो लाई पुनː वाईवाई ग्लोकल टिन हिरोको रुपमा अघि बढाउने सम्झौता भयो ।
वाईवाई ग्लोकल टिन हिरो ग्लोकलले सुरुवात गरेको एक कार्यक्रम हो । किशोरकिशोरीमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउन कार्यक्रम गर्न लागिएको जनाइएको छ । यस मञ्चमार्फत किशोरकिशोरीमा भएको उत्साह, रचनात्मक सुरुवातको चाहनाको पहिचान गरी राष्ट्रको अन्य किशोरकिशोरीहरुलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्ने कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकको भनाई छ ।
सिजी फुड्सका सीईवो श्री जीपी शाहले भने, ‘यो मंचबाट नेपालका युवा र किशोर किशोरीलाई फाइदा पुर्याएको प्रति हामी सकारत्मक छौँ । त्यहि विश्वासले हामी किशोर किशोरीको विकासलाई सहयोग दिगो सम्झौतालाई निरन्तरता दिदैछौँ । यो पहिचानले उनीहरुको ध्येय प्राप्तिमा सहयोग गर्ने छ ।’
ग्लोकल प्रालीका कार्यकारी निर्देशक आशिष ठाकुरले भने, ‘वाई वाई जस्तो प्रख्यात ब्रान्डसँग जोडिएर ग्लोकल टिन हिरोको नाम अघि बढाउन हर्षित छौं । वाईवाईसंगको सम्झौतालाई निरन्तरता दिन पाउँदा हामी हर्षित छौँ र यो प्रतिष्ठित मंचलाई किशोर किशोरीको सुरुवातलाई उत्थान गरी शशक्तिकरण गर्न अझै अघि बढ्ने छौँ ।’
पहिलो दोस्रो र तेस्रो बर्षको राम्रो प्रतिक्रियाले ग्लोकल टिन हिरोको कार्यत्रमलाई थप प्रोत्साहन मिलेको भन्दै आयोजकले यसले किशोर किशोरीहरुलाई उत्प्रेरित र सशक्तिकरण गरेर उनीहरुको उत्साह, रचनात्मक सुरुवातको राष्ट्रिय सम्मान गरेको जनाएको छ । अझै उर्जाका साथ यो वर्षको वाईवाई ग्लोकल टिन हिरो लागि आवेदन आउँदो मेमा खुल्नेछ ।
यो बर्षको वाईवाई ग्लोकल टिन हिरो लागि आबेदन आगामी २१ बैशाख २०७६ मा खुल्नेछ ।



