इच्छाराज तामाङसहित ३२ व्यवसायीलाई कर कार्यालयको अल्टिमेटम |
काठमाडौं । राजस्व कार्यालयले व्यवसायी इच्छाराज तामाङ र विवादित व्यवसायी सुधीर बस्नेतलगायत विभिन्न ३२ जना व्यवसायीलाई १५ दिनभित्र तिर्न बाँकी आयकर एवम् मूल्य अभिवृद्धि कर तिर्न अल्टिमेटम दिएको छ । मध्यमस्तरीय कर कार्यालयले आज सोमवार एक सूचना प्रकाशित गर्दै ती व्यवसायीलाई आयकर एवम् मूल्य अभिवृद्धि कर नतिरेको तथा विभिन्न माध्यमबाट सम्पर्क गर्दासमेत सम्पर्कमा नआएको उल्लेख गर्दै १५ दिनको म्याद दिई वक्यौता चुक्ता गर्न आग्रह गरेको हो ।
कार्यालयका प्रमुख झक्कप्रसाद आचार्यले भने, ‘यसअघि तिरिसकेको कुनै प्रमाण भए प्रमाणसहित नभए वक्यौता तिर्न १५ दिनको समयसीमा दिइएको छ ।’
कार्यालयका अनुसार अब उक्त म्यादभित्र वक्यौता नतिरे आयकर ऐन, २०५८ को दफा १०४ देखि दफा ११ सम्मको कुनै पनि प्रक्रिया वा मू.अ.क. ऐन, २०५२ को दफा २१ बमोजिम कारबाही हुनेछ । व्यवसायी बस्नेतका दुईवटा कम्पनीले कर वक्यौता तिर्न बाँकी रहेको उल्लेख छ ।
बाँकीको नामावली यस प्रकार छः




