एनआईसी एशियाको नयाँ शाखा रुपन्देहीको बेलबासमा, शाखा संख्या २८१ पुग्यो |
काठमाडौं । एनआईसी एशिया बैंकले रुपन्देहीको बेलबासमा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको उक्त शाखाको बैंकका प्रमुख मानव संसाधन तथा विकास अधिकृत कपिल ढकालले उद्घाटन गरेका छन् ।
बैंकले दुर्गम तथा ग्रामीण भेगमा समेत बैंकले आफ्नो उपस्थिति बढाउँदै लगेको प्रमुख ढकालले बताएका छन् । साथै बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तीय सवलिकरण अभिबृद्वि गर्ने कार्यमा समेत महत्वपुर्ण योगदान पुर्याएको उनले बताए ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर २८१ शाखा कार्यालयहरू, २८९ एटीएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवम् २३ वटा शाखारहित बैंकिङ इकाइमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक बन्न सफल भएको छ । करिव १४ लाख ५० हजार ग्राहक रहेको यस बैंकका प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।



