ईपीएसका लागि हिजोसम्म ६२ हजारले दिए आवेदन |
काठमाडौं । कोरियामा रोजगारी गर्न जाने रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि ६२ हजारले आवेदन दिएका छन् । हिजो शनिवार साँझसम्म ६१ हजार ९ सय ७८ जनाको आवेदन परेको ईपीएस कोरिया शाखाले जानकारी दिएको हो ।
भाषा परीक्षाका लागि बिहीवार राति १२ बजेदेखि आवेदन फारम भर्न खुला गरिएको थियो । आवेदन फारम भर्ने म्याद यही चैत १७ गतेसम्म रहेको छ । कोरियाली भाषा परीक्षा आगामी जेठ २५ र २६ गते हुनेछ भने आगामी असार १३ गते नतिजा प्रकाशन गरिने ईपीएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए ।



