एयर इण्डियाको विमानले आज फ्लाई ओभरसुट गर्यो |
काठमाडौं । एयर इण्डियाको जहाजले आज बुधवार अन्तरराष्ट्रिय त्रिभुवन विमानस्थलमा आकस्मिक रूपमा फ्लाई ओभर सुट गरेको छ । बिहान करिब पौने १० बजे विमानलाई फ्लाई ओभर सुट गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका हवाई सुरक्षा विभाग प्रमुख राजु श्रेष्ठले जानकारी दिए ।
प्राविधिक कारणवश जहाज अवतरण गर्न नसक्ने भएपछि अन्तरराष्ट्रिय नियमअनुसार फ्लाई ओभर सुट गर्ने गरिन्छ । धावनमार्गको भिजिबिलिटी ३ हजार मिटर रहेको अवस्थामा सजिलै जहाज अवतरण गराउन सकिन्छ तर एयर इण्डियाले किन फ्लाई ओभर सुट गर्यो भन्ने जानकारी लिने विमानस्थलका एक कर्मचारीले जानकारी दिए ।
के हो फ्लाई ओभर सुट ?
जहाज अवतरण गर्ने क्रममा धावनमार्गमा आउँदै गर्दा कारणवश जहाज अवतरण गर्न नसक्ने अवस्था हुँदा पुनः जहाज उडाइन्छ यसलाई नै फ्लाई ओभर सुट भनिन्छ ।



