सोलुखुम्बुमा इन्भेष्टमेण्ट बैंकको एक्स्टेन्सन काउन्टर सञ्चालन |
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिकास्थित खरीखोलामा १२औं एक्स्टेन्सन काउन्टर सञ्चालनमा आएकोे छ । खुम्बु पासाङ ल्हामु गाउपालिकाका प्रवक्ता ल्हाक्पा छिरीङ शेर्पाले उक्त एक्स्टेन्सन काउन्टरको उद्घाटन गरे ।
उद्घाटनपछि गाउँपालिकाका प्रवक्ता शेर्पाले गाउँबासीमा बचत गर्ने बानीको बिकास हुनुको साथै वित्तिय साक्षरता पनि अभिबृद्धि हुने कुरा प्रकाश पारे ।खुम्बु पासाङ ल्हामु गाउँपालिका अन्तर्गत ५ मध्ये ३ वटा वडामा बैंकिङ सेवा प्रदान गरिसकेको र सोही गाउँपालिका अन्तर्गत वडा नं. ५ नाम्चेमा पनि छिट्टै एक्स्टेन्सन काउन्टर खोल्ने तयारी गरेको बैंकले जानकारी दिएको छ ।
यस एक्स्टेन्सन काउन्टरबाट खुम्बु पासाङ ल्हामु गाउपालिका, माप्य दुधकोशी गाउपालिका र सोलु दुधकुण्ड नगरपालिकाका बासिन्दाहरूलाई बैंकिङ कारोबार गर्न सहज हुने बैंकले विश्वास लिएको छ । काउन्टरले रकम जम्मा गर्न र भुक्तानी गर्न सहयोग गनुका साथै स्थानीयमा बित्तिय साक्षरता अभिबृद्धि गर्न सहयोग गर्ने बैंकले बताएको छ ।
बैंकले अहिले ७८ वटा शाखा कार्यालय, ११ वटा एक्सटेन्सन काउन्टर, नौं वटा राजश्व संकलन काउन्टर, ५१ वटा शाखारहित बैंकिङ सुविधा, एक सय ११ वटा एटीएम तथा तीन हजार सात सय ८३ वटा पीओएस मेसिन बाट सेवा प्रदान गर्दै आएको छ ।
Visited 1 times, 1 visit(s) today


