नेपाल क्रेडिट एण्ड कमर्स बैंकले खोल्यो कञ्चनपुरको कृष्णपुरमा नयाँ शाखा |
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका, वडा नं. ५ कृष्णपुरमा शाखा कार्यालय औपचारिक रुपमा संचालनमा ल्याएको छ ।
उक्त शाखा कार्यालयको कृष्णपुर नगरपालिकाका मेयर कर्ण बहादुर हमाल र बैंक संचालक समितिका सदस्य चन्द्र प्रसाद बास्तोलाले शुक्रबार उद्घाटन गरेका थिए ।
उक्त कार्यक्रमको अध्यक्षता कृष्णपुर नगरपालिकाका मेयर कर्णबहादुर हमालले गरेका थिए । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले स्वागत मन्तब्य व्यक्त गरेका थिए भने उक्त शाखाका शाखा प्रबन्धक रविन्द्र केसीले उपस्थित प्रमुख अतिथि र अन्य अतिथिलाई धन्यवाद ज्ञापन गरेका थिए ।

