जनरल इन्स्योरेन्स र गण्डकी बिकास बैंकबीच बैंकासुरेन्स सम्झौता |
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल (जीआईसी नेपाल) र गण्डकी बिकास बैंकबीच बैंकासुरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा र इन्स्योरेन्सको तर्फबाट महाप्रबन्धक एसके तमोटले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतासँगै अब गण्डकी विकास बैंकका कर्मचारी तथा ग्राहकहरूले जनरल इन्स्योरेन्स कम्पनी नेपालले प्रदान गर्ने निर्जीवन बीमासम्वन्धी सेवा सुविधा बैंकका सम्पूर्ण शाखाबाट प्राप्त गर्न सक्नेछन ।

